योगेशकाजी र शान्तिश्रीको ‘फूलमाया कान्छी’ मा प्रकाश र सनिसा


काठमाडौं । एकपछि अर्को श्रोता रुचिको गीतसंगीत सार्वजनिक गर्दै आईरहेका गायक एवं संगीतकार योगेशकाजी शाह र शान्तिश्री परियारको स्वरमा ‘फूलमाया कान्छी’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । कृष्ण केसीको शब्द, संगीत रहेको गीतमा योगेशकाजी शाहको संगीत संयोजन रहेको छ ।

सुरुमा गायन क्षेत्रबाट नै संगीतमा प्रवेश गरेका योगेशकाजीले अहिलेसम्म चार दर्जन भन्दा बढी गीतमा स्वर दिइसकेका छन् भने दर्जनौं गीतमा संगीत, एरेन्ज र शब्दरचना समेत गरिसकेका छन् । भिडियोमा प्रकाश सपुत र सनिसा भट्टराई फिचर्ड छन्। भिडियो बुद्द थापाले खिचेका हुन् भने सुनिल बिकको निर्देशन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.