गीतासँग ‘माया माया हो’ भन्दै आए मानस राज


काठमाडौँ । भाइरल भइदियो बोलको हिट गीतका गायक मानस राज बोहराको नयाँ गीत ‘माया माया हो’ को भिडियो रिलिज गरिएको छ । सार्वजनिक गीतको शब्द, संगीत र स्वर मानस राजकै रहेको छ । सार्वजनिक गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ नरेन्द वियोगीले गरेका हुन्। गम्भिर विष्टको कोरियोग्राफी तथा निर्देशन रहेको सार्वजनिक गीतले प्रेम र रोमान्सका रमाइला किस्साहरुलाई नजिकबाट केलाएको छ । भिडियोमा सुन्दरी मोडल गीता ढुंगानासँग गायक स्वयमले रोमान्स गरेका छन् ।

आफुले मन पराएकी मायालुलाई लुकी लुकी चिहाउने प्रेमीको कथालाई निर्देशक विष्टले कलात्क शैलीमा भिडियोमा वर्णन गरेका छन् । आफ्नी मायालुलाई प्रेम गर्नका लागि आफ्नो रुप समेत परिवर्तन गरेर प्रेमीका सामु जाने युवकको रोमाञ्चक प्रेम कथामा मोडलद्धय गीता र मानस राज गज्जबसँग खुलेका छन् । गीत रिलिज भएसँगै सकारात्मक प्रतिक्रिया आइरको बताउँदै गायक मानसराजले भने माया माया होमा मैले निकै मेहेनत गरेको छु ।

माया माया होको छायांकन पवन शिस्लुङले गरेका हुन् भने सम्पादन प्रविन भट्टले गरेका हुन् । सुरेन्द्र बसेलको सह निर्देशन रहेको भिडियो गायक स्वयमकै अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ । मानस राज गायनका अलावा थिएटर अभिनयमा पनि देखिदै आएका छन् । फिल्म ‘रेशम फिलिलि’को पारि त्यो डाडामा हेर घाम लाग्यो घमाईलो, ‘डायरी’को माया मायामा, भाईरल भैदियो, हिरो , लैलै राजकुमारी लगायतका मानसराजका गीत चर्चामा छन् ।