चुम्मा चपक्कैमा रोमान्टिक गम्भीर र गरिमा (भिडियो)


काठमाडौं । गायक वसन्त थापा र गायिका सुमी पराजुलीको स्वरमा रहेको गीत ‘चुम्मा चपक्कै’ को भिडियो सार्वजनिक भएको छ । गीतमा प्रदीप प्रखर पोखरेलको शब्द, कृष्ण भारद्वाजको संगीत र एरेन्ज तथा जीवन बडुको मिक्सिङ र मास्टरिङ छ ।

भिडियोमा गम्भीर विष्ट र गरिमा शर्मा फिचर्ड छन् । भिडियोमा गम्भीर र गरिमालाई रोमान्टिक भावमा देख्न सकिन्छ । उनीहरु एकअर्काप्रति निकै खुलेका छन् । गम्भीर र गरिमासँगै कोरसहरुलाई जातीय भेषभुषामा आकर्षक देखिएको छ ।

गम्भीर विष्टको निर्देशन रहेको भिडियोमा विमला तामाङको मेकअप, कुसुम बुटिकको पहिरन, नवराज उप्रेतीको छायांकन, प्रविण भट्टको कलर र सम्पादन तथा पुनम श्रेष्ठको कोरियोग्राफी छ । भिडियो द डिभाइन म्यूजिकको अफिसियल यु ट्युबबाट सार्वजनिक गरिएको हो।