सुवासले ल्याए आत्महत्या निरुत्साहित गर्ने गीत (भिडियो)


काठमाडौं । सुवास केसीको स्वरमा ‘दिनपछि रात’ बोलको सन्देशमुलक म्युजिक भिडियो सार्वजनिक गरिएको छ। करिब आठ मिनेट लामो भिडियोमा अहिलेका युवाहरुलाई लंक्षित गरेर आत्महत्या गर्न नहुने सन्देश दिन खोजिएको छ। उमेरको जोशमा होस गुमाउँदा आउने परिणामको अन्तिम विकल्प आत्महत्या होइन भन्ने सन्देश भिडियोले दिन खोजेको छ।

आत्महत्या समस्याको समाधान नभएको गायक केसी बताउँछन। भिडियोबारे गायक केसी भन्छन,’समस्या आइपर्दा कहिलेकाँही हामी के गर्ने के गर्ने छुट्याउन सक्दैनौ। अनि समस्याको अन्तिम समाधान हामी आत्महत्या हो भन्ने सोच्छौ। यो समस्या विशेषत युवाहरुमा बढी देखिने गर्दछ। उनीहरुलाई यो उमेरमा सही गाइड गर्ने व्यक्तिको खाँचो हुन्छ। त्यसैले अहिलेका युवाहरुलाई प्राथमिकतामा राखेर यो भिडियो बनाएको हो।’

‘मर्ने त मरेर जान्छन। तर कति दुख गरेर हुर्काएका ती आमाबुवामा यहाँ के बित्छ त्यो मरेर जानेले सोच्दैनन। हरेक समस्याको समाधान हुन्छ। त्यसैले मर्नुभन्दा बाँचेर समस्यासँग लड्नु ठिक हो भनेर पर्दामार्फत देखाउने खोजेको छु,’उनले जोडे।

सार्वजनिक गीतको भिडियोमा योगेश सिंह, विशाल गिरी, दिवाकर घिमिरे, किरण शाही ठकुरी, मञ्जु गिरी, आदि लगायतका कलाकारले अभिनय गरेका छन।

गीतमा गणेश सुबेदीको शब्द छ। सन्दिप कार्कीको म्युजिक तथा एरेन्ज रहेको गीतमा रुबिन शाहीको मिक्सिङ तथा मास्टरिङ रहेको छ। पृथक रेकर्डसमा रेकर्ड गरिएको गीतमा नगेन्द्र राईको बाँसुरी, रोहित शर्माको असिस्टेन्ट क्यामरा र मिलिन्द शाक्यको साउन्ड छ। भिडियोलाई निर्देशक महेश केसीले निर्देशन गरेका छन। भिडिओको सम्पादन पनि उनी स्वयंले गरेका हुन।

भिडियो सुवास केसीको आफ्नै आधिकारिक युट्उब च्यानल ‘इम्पेरिओ एजुकेसन’ मार्फत सार्वजनिक गरिएको छ। उनी इम्पेरिओ एजुकेसनका संस्थापक हुन। यो उनको पहिलो सृजना भने होइन । उनले दुई वर्ष अगाडि ‘चम चम’ बोलको गीत निकालेका थिए। गीतको भिडियोमा उनी आफैले अभिनय गरेका थिए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.