मनिषको रंग कडामा गरीमा र सम्राट (भिडियो)


काठमाडौँ। गायक मनीष अधिकारीको स्वर मा रहेको ‘रङ्ग कडा’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ।

सार्वजनिक भिडियोमा मोडल गरिमा शर्मा र सम्राट दास फिचर्ड छन्। सार्वजनिक गीतमा प्रवीण राज जोशीको शब्द र सुमन परियारको संगीत रहेको छ।

युवा निर्देशक रोशन दासको निर्देशन रहेको यस म्यूजिक भिडियोलाई निरज कंडेलले छायाँकन गरेका हुन्। ईडिट, कलरिङ्ग र पोस्टर डिजाइन विनोद बमले गरेका हुन्। भिडियोमा अशोक भूजेलको कोरियोग्राफी, सम्राट दासको प्रस्तुति र पोस्ट प्रोडक्शन रेज इन्टरमेन्टको रहेको छ। सिनेम्याटोग्राफर नितेश घतान र प्रोडक्सन म्यानेजर एचपी कंडेल रहेका छन्। ओएसआर डिजिटल बाट सार्वजनिक भएको ‘रङ्ग कडा’ ले जीवन, चिया र साथीको सम्बन्ध प्रेमिल बनाउने विश्वास निर्माण टिमको रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.