स्वरूपराजको ‘थाहा छैन’ सार्वजनिक (भिडियो)



काठमाडौँ। लोकप्रिय गायक स्वरूपराज आचार्यको सुमधुर स्वरमा नयाँ गीत ‘थाहा छैन’ सार्वजनिक गरिएको छ । ध्रुव खनालको शब्द रचना रहेको गीतमा निरज कुमारको संगीत छ।

केशव रावल, वामदेव रेग्मी, प्रितिका शर्मा, प्रमिला जैशी, पूर्वराज जैशी लगायतले फिचरिङ गरेको गीतको भिडियोलाई शंकर राजले निर्देशन गरेका छन् । गीतको भिडियोमा शंकर राजले नै कथा बनाएका छन् । गीतलाई सोमवार सगरमाथा डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । भिडियोको छायाँकन युवराज राई र रोनिश तामाङले गरेका हुन् भने सम्पादन क्यामोदिन मियाले गरेका छन्।