शाहील र अन्नुको ‘आफ्नो त कोहि छैन’ सार्वजनिक (भिडियो)


काठमाडौँ। गायक शाहील खड्का र अन्नु चौधरीको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘आफ्नो त कोहि छैन’ बोलको गीतमा गायक खड्काकै शब्द तथा संगीत रहेको छ।

भिडियोमा शाहील खड्का र सिम्पल खरेल फिचर्ड छन्। बिजेश पौडेलले निर्देशन तथा सम्पादन गरेको भिडियोको कोरियोग्राफी शुभम भुजेलले गरेका छन्। अनिल के. मानन्धरले छायांकन गरेको भिडियो शाहील खड्का अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ। म्याग्दीमा जन्मिएका र जापानलाई कर्म थलो बनाएका गायकले दर्जन बढी गीतमा स्वर दिएका छन्।