‘नझुक्याउ’ भन्दै कुसुमको पछि लागे गायक युवराज (भिडियो)



काठमाडौँ । गायक युवराज चौलागाईले नयाँ गीत ‘नझुक्याउ’ सार्वजनिक गरेका छन् । सार्वजनिक गीतमा गायक चौलागाईको संगीत र दीपिका थापाको शब्द छ । गीतको म्यूजिक भिडियोलाई शान थापाले निर्देशन गरेका छन् । भिडियोमा गायक चौलागाईं सहित कुसुम शर्मा तथा विकाश लामिछानेको अभिनय देख्न सकिन्छ । भिडियो गायक चौलागाईंको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । मेनुका ढकालको समेत अभिनय रहेको यो भिडियोलाई अर्जुन तिवारी तथा उनको टिमले छायाँकन गरेको हो । मिलन विश्वकर्मा भिडियोका सम्पादक हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.