बसन्त अर्यालको गीत ‘प्रेमप्रश्न’ सार्वजनिक



काठमाडौँ। गायक तथा संगीतकार बसन्त अर्यालको नयाँ गीत सार्वजनिक गरिएको छ। ‘प्रेमप्रश्न’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको हो। गीतमा शब्द रचना पनि बसन्तकै रहेको छ भने राजेन्द्र बजगाईंको संगीत संयोजन रहेको छ।
फूल सिउरीदिउँ कि त्यो बाटेको केशमा, सरर हावाले उडाइदेला
आकाश ढाकेर बादलुले घेर्याे, ओत लाग पियारी रूझाइदेला
खै कसले यो माया बुझाइदेला ? लैैलै, खै कसले यो माया बुझाइदेला।
माया प्रेमका कुराहरु सार्वजनिक गीतको लिरिकल भिडियो गायक बसन्त अर्यालको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ। लिरिकल भिडियोको सम्पादन सुसन चौधरीले गरेका हुन्।