अनु चौधरीको ‘सुनन ए मायालु’ मा पुस्कर र स्मारिका(भिडियो)



काठमाडौँ। पछिल्लो समयकी चर्चित गायिका अनु चौधरीको स्वर रहेको गीत ‘सुनन ए मायालु’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । शनिबार स्याङ्याजा म्युजिक नामक युट्युब च्यानलबाट यो गीतको भिडियो सार्वजनिक गरिएको हो ।

तुलाआर लामिछानेको शब्द रचना रहेको गीतमा संगीत तथा एरेञ्ज पवन परियारले गरेका हुन् । गीतको म्युजिक भिडियोको निर्माता तुलाआर लामिछाने नै हुन् । गीतको भिडियोमा पुस्कर राउत र स्मारिका ढकाल फिचर्ड छन् ।

मुभि पोइन्टमा पोस्ट प्रोडक्सनको काम गरिएको गीतमा सुरेश पाण्डेको कोरियोग्राफी, रामेश्वर हुँमागाईको छायाँकन, बन्दे प्रसाद र प्रविन ढकालको सम्पादन, प्रिया नगरकोटीको हेयर एण्ड मेकअप रहेको छ । म्युजिक भिडियोको निर्देशन कोरियोग्राफर पाण्डेले नै गरेका हुन् ।