उषा र किरणको ‘यो सोझो पल्कियो’ मा पल र एरोना (भिडियो)



काठमाडौँ। गायिका उषा गजुरेल र गायक किरण गजमेरको स्वर रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘यो सोझो पल्कियो’ बोलको गीतमा शब्द तथा संगीत श्रीकृष्ण बम मल्लको रहेको छ।

प्रतिभावान गायिका उषाले यस अघि पनि थुप्रै गीतमा आफ्नो स्वर दिई सकेकी छन्। मनोज राजभण्डारीको निर्देशनमा बनेको भिडियोमा पल शाह र एरोना मल्ल फिचर्ड छन्। संजय लामाले छायांकन गरेको भिडियोको सम्पादन मनोज राजभण्डारीले गरेका छन्। भिडियोको निर्माता दिपेन्द्र राई र कुमार खत्री हुन्। भिडियो गायिका उषा गजुरेलको आफ्नै च्यानल मार्फत सार्वजनिक गरिएको छ।