आईडलका पलको स्वर र पाण्डेयको शब्दमा ‘सम्झना’



काठमाडौ । गीतकार दयाराम पाण्डेयको शब्द रचनामा ‘सम्झना’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । इण्डियन आईडल–३ का उपविजेता अमित पलको स्वर रहेको उक्त गीत सोमबार यु ट्युब मार्फत सार्वजनिक गरिएको हो । गायक पलले नेपाली गीत गाउने आफ्नो रहर पूरा भएकोमा खुसी व्यक्त गरेका छन् । कृष रिजालको संगीत रहेको गीतको इजाज अलिले संगीत संयोजन र मिक्सिङ गरेका छन् । सार्वजनिक भिडियोमा सुरेन्द्रमान कार्कीको छायांकन, सम्पादन र कलर ग्रेडिङ रहेको छ ।

विशाल गुरुङले निर्देशन गरेक भिडियोमा मुक्ति उप्रेती र योगिसा महर्जन फिचर्ड छन् । ए.बि. म्यूजिक क्रिएशनको प्रस्तुति यस गीतको रोचक पक्ष यो छ कि यसका रचनाकार दयाराम पाण्डेय काठमाडौ नेपालमा बस्छन्, त्यस्तै गायक अमित पल सिलिगुढी भारतमा बस्छन भने संगीतकार कृष रिजाल कोलोराडो अमेरिकामा बसोबास गर्दै आएका छन् । र यस गीतको रेकर्डिङ स्ट्रिङ्गस् स्टूडियो दार्जिलिङमा गरिएको हो ।