राजनराजको गीतमा बुढेसकालकी आमाको पिडा (भिडियो)



काठमाडौँ । आमा-बाबुको सपना बुढेसकालको साहारा छोरा । तर त्यही छोराले आमा बाबुलाई गरेको अपहेलनाको कथा समाजमा छरपष्ट रहेका छन् । त्यस्तै कथा बोकेको एक मार्मिक गीतीकथा सार्वजनिक गरिएको छ । हुर्किएको छोरो अनि बुहारीको बचन, बुढेसकाल लागेकी आमालाई वृद्धाश्रम पठाउन कस्सिएका तिनै छोरा बुहारीको कथा बोकेको गीतीकथा ‘निक्लेर जा भन्छ छोराले’ सार्वजनिक गरिएको हो ।

राजनराज शिवाकोटीको शब्द र सङ्गीतमा रहेको गीतमा राजनराजलाई आवाजमा टिका पुन र रिता केसीले साथ दिएका छन् । भिडियोले अन्त्यमा आमालाई गर्नु पर्ने माया र कर्तव्यको बोध गराएको छ । वृद्धाश्रम पुगेपछि आमाको माया महसुस गरेका छोराको व्यथा निकै मार्मिकरुपमा देखाइएको छ। विभोर पोख्रेलले निर्देशन गरेको भिडियोलाई रेबेल क्रिएशनको प्रस्तुतिमा गगन लाल प्रधानले निर्माण गरेका छन् । भिडियोमा हिउँवाला गौतम, सुवास सिंह ठकुरी, कृतिशा केसी, दीपिका भट्ट, सुनिल बुढाथोकी र खेम नेपालीको अभिनय रहेको छ। बाल कलाकारको रूपमा अस्लिशा लोहनी र दिव्यांश सिग्देलले अभिनय गरेका छन्। विशाल थापाले खिचेको भिडियोलाई नहकुल खड्काले सम्पादन गरेका हुन ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.