सचिन रौनियारको ‘औधी माया’ मा गरिमा (भिडियो)



काठमाडौँ। ‘औधी माया’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गायनमा झन्डै अढाई दशक बिताइसकेका गायक सचिन रौनियारले युगल गायनमा नयाँ गीत ‘औधी माया’ ल्याएका हुन् । लोक फ्युजन शैलीको सार्वजनिक गीतमा उदय सोताङको शब्द तथा संगीत छ । सलिन मगर संगीत निर्माता रहेको गीतको दिनेश न्यौपानेले मिश्रण र मास्टरिङ गरेका छन् ।

निकेश खड्काले निर्देशन गरेको गीतको भिडियोबाट भिडियोमा सचिनसँगै गरिमा शर्मा, राजाराम पौडेल र तुलिका मिस्की फिचर्ड छन् । सार्वजनिक भिडियोलाई हरि हुमागाईँले खिचेका हुन् भने विकाश धमलाले कलरिङ तथा सम्पादन गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.