नवराजको ‘ठुली’ मा श्रद्धा र गौरवको जोडी (भिडियो)



काठमाडौं। डाक्टर नवराज प्रधानको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ । सोमबार ओएसआर डिजिटलको युट्युब च्यानलबाट ‘ठुली’ बोलको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा शब्द,संगीत र स्वर डाक्टर नवराज प्रधानकै रहेको छ।

भिडियोमा अभिनेता गौरव पहारी र अभिनेत्री श्रद्धा क्षेत्री फिचर्ड छन्। प्रेमी-प्रेमिकाको भुमिकामा यि दुई भिडियोमा प्रस्तुत छन्। पारिवारका कारण प्रेम सम्बन्धमा आउने उतारचढावको कथालाई भिडियोमा उत्कृष्ट तरिकाले देखाइएको छ।

गौरव र श्रद्धाका अलावा भिडियोमा निर्मल शर्मा, राम बहादुर अधिकारी लगायतका कलाकारहरुलाई पनि देख्न सकिन्छ। भिडियोमा गौतमराज खड्काको कथा अनि निर्देशन रहेको छ। सौरभ लामाले खिचेको भिडियोलाई गौतमराज खड्काले नै सम्पादन गरेका हुन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.