कमला मगरको पहिलो गीत ‘यो मेरो पिरती’ मा पुष्प र कबिता



काठमाडौँ । नेपाली सांगितीक क्षेत्रमा पाइला चालेकी नवगायिका कमला मगरको पहिलो गीत सार्वजनिक गरिएको छ । ‘यो मेरो पिरती’ बोलको लोक गीतमा कमलासँगै गायक खेम सेन्चुरीको स्वर रहेको छ । रमेस परियारको शब्द र संगीत रहेको गीतको भिडियो कमला मगर अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरीएको छ ।

गीतको भिडियोमा पुस्प खड्का र कबिता नेपालीको अभिनय रहेको छ । मौसम हिमालीको निर्देशनमा निमार्ण गरीएको भिडियोलाई नवराज उप्रेतीले छायांकन र मनोज कार्कीले सम्पादन गरेका हुन् । गोरखा ४ आरुघाटकी गायिका कमलाले आफ्नो पहिलो कोसेलीमा आएको दर्शक तथा स्रोताको प्रतिक्रियाले आफूलाई खुसी बनाएको बताएकी छिन् । उनले आफूले यसपछि पनि निरन्तर गीत संगीतमा समय दिने र छिट्टै अर्को गीतको लागी तयारी भइरहेको बताइन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.