आर्टमान्डूको नयाँ म्युजिकल फिल्म ‘पञ्चमी मेला’ सार्वजनिक



काठमाडौं। आर्टमान्डूको नयाँ म्युजिकल फिल्म ‘पञ्चमी मेला’ सार्वजनिक गरिएको छ। गाउँ वा सहरका साँस्कृतिक सौन्दर्यलाई केन्द्रमा राखेर कथा पस्कने आर्टमान्डूले यसपटक म्युजिकल फिल्ममार्फत् पाँचथरको पञ्चमी बजारको कथा भनेको छ। ‘मैले पहिलो पटक दुनियाँ देखेको ठाउँ यही पञ्चमी हो। मेरो जीवनमा पहिलो पटक साथीहरू बनेका यही पञ्चमीका हुन्। पहिलो पटक भिडियोमा फिल्म हेर्न पाएको पञ्चमी बजारमा हो। पहिलो हाट बजार भरेको अनुभव यही पञ्चमीको छ,’ भिडिओ सार्वजनिक गर्दै फेसबुक पोस्टमा निर्देशक नवीन चौहानले सम्झिएका छन्।

करिब ८ मिनेटको म्युजिकल फिल्ममा पञ्चमी बजारमा पाँचथरका युवक र सिमी बेच्न आएकी इलामकी युवतीको भेट हुन्छ। भेटमा युवतीसँग आकर्षित भएका युवक छोरी माग्न घरसम्म पुग्छन्। दुईबीचको प्रेममार्फत् भिडिओमा बजारको सौन्दर्य र पूर्वको स्वाद पस्किएको छ। ‘तिथिमा लाग्ने यो बजारमा भेट भएका कति युवायुवतीको विवाह भएर घरजम नै भएको छ। बिडम्बना अहिलेयो बजार धेरै उजाडिएको छ,’ नवीन भन्छन्।

गीतमा गायिका अञ्जु पन्त र गायक भुषण खतिवडाले स्वर दिएका छन्। गीतकार हर्क साउदले शब्द कोरेको गीतमा भुषणकै कम्पोजिसन छ।

भिडियोमा मिलन खत्री, चन्दा ढुंगाना, अन्वेश थुलुङ राई, ओम कार्की, नरेन्द्र बस्नेत, केदीप बस्नेत लगायतको अभिनय छ। भिडिओलाई योगेश ढकालले खिचेका छन्। भिडिओलाई नवीन र केर कोइँच लिनुचले निर्देशन गरेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.