गायक राजीवको ‘लप्सी फेदीमा’ भिडियो सार्वजनिक



काठमाडौँ। ६०को दशकको हिट गीत ‘बलेको आगो जलेको प्रेम…’का गायक राजीव लोहनी नयाँ गीत लिएर केहि बर्षपछि पुन; नेपाली सांगीतिक बजारमा आएका छन् । सन्चारकर्मी एवं गीतकार मन्दिरा ढुंगेलको शब्द रचना , राजीव लोहनी र अस्मिता अधिकारीको युगल स्वर रहेको ‘लप्सी फेदीमा’ गीतलाई कन्च कृयटिभको प्रस्तुतीमा म्युजिक नेपालको च्यानल मार्फत सार्वजनिक गरिएको हो । फरक खालको गीत संगीत गर्न रुचाउने राजीवद्वारा संगीतबद्द गीतलाई उनले फरक शैलीको ट्युनमा कम्पोज गरेका छ्न । गीतमा प्रिन्स नेपालीले एरेन्ज गरेका छन् ।

नायिका श्रद्धा क्षेत्री र स्वयम् गायक राजीवले नै अभिनय रहेको भिडियोमा राजीव लाहुरेको भूमिकामा देखिएका छन्। उनको भिडियोमा श्रद्धासंग केमिस्ट्री जमेको देखिन्छ । सुब्रतराज आचार्यको निर्देशनम बनेको भिडियोमा उत्सव दाहालको सिनेमाटोग्राफी र टेकेन्द्र शाहको सम्पादन रहेको छ ।