गीतकार ज्ञानेन्द्र गदालको ‘फूल हौ तिमी’



काठमाण्डौ। गीतकार ज्ञानेन्द्र गदालको शब्द रचना रहेको नयाँँ गीत ‘फूल हौ तिमी’ सार्वजनिक गरिएको छ । संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको यो गीतमा निशान भट्टराई र अश्मिता अधिकारीको स्वर रहेको छ । संगीतकार तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भूजित बासकोटाको प्रमुख आतिथ्यतामा गदालको नयाँ गीत भिडियो सार्वजनिक गरिएको हो ।

सौरभ तुलाधरको निर्देशनमा बनेको भिडियोमा निकेश धामी र श्रद्धा अधिकारीको अभिनय रहेको छ। अमेरिकाको विभिन्न स्थानमा छायांकन गरिएको उक्त भिडियो आकर्षक बनेको प्रमुख अतिथि बासकोटाले मन्तव्यको क्रममा बताए । बासकोटालाई नेपाली म्यूजिक भिडियो निर्माणको थालनी गर्ने ब्यक्तिको रुपमा पनि लिने गरिन्छ । लेकटाओको ए एन्ड ए इन, अमेरिकाको प्रायोजन रहेको यो गीतको भिडियो न्युयोर्कको मोक्तान डिजिटलले निर्माण गरेको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.