अमर अनुरागले ल्याए गीत ‘माया नै हो’



काठमाडौँ । गायक अमर अनुराग श्रेष्ठको नयाँ गीत ‘माया नै हो ’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा बिकास गिरीको र्याप समेत छ । गीतको भिडियोमा इन्द्र दोङ लामा(खम्बे), शान्ती बस्नेत, सरु दाहाल, रेश्मा तिमिल्सेना, राजेन्द्र गिरी र समनराज गिरीको अभिनय छ । सबै कलाकार हास्य श्रृखला ‘हर्के हल्वल्दार’का कलाकार हुन् । सन्तोष राजबहाकको कोरियोग्राफी रहेको भिडियो खम्बे इन्टरटेनमेन्टले निर्माण गरेको हो ।

भिडियोमा विजेश पौडेलको सम्पादन, प्रवेश पोखरेलको छायांकन छ । सुस्मिता श्रेष्ठ निर्माता र कलाकार महादेव त्रिपाठी सल्लाहकार रहेको भिडियोको निर्देशन इन्द्र दोङ लामाले गरेका हुन् । गायक आमर अनुराग हाल अमेरिकामा बस्छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.