रोशन र अस्मिताको ‘सलल’ मा प्रिज्मा, प्रिन्सी र राज(भिडियो)



काठमाडौँ। गायक रोशन अधिकारी र गायिका अस्मिता अधिकारीको आवाजमा रहेको ‘सलल’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ। राजधानीमा एक कार्यक्रम बिच सार्वजनिक गरिएको भिडियोमा गायक रोशन स्वयमले नै अभिनय गरेका छन् भने उनलाई प्रिज्मा र प्रिन्सी खतिवडा तथा राज आचार्यले साथ दिएका छन् ।

डान्सिङ्ग बिटमा बनेको भिडियोलाई गम्भीर बिष्टले कोरियोग्राफी गरेका हुन् । स्टार इन्टरटेनमेन्ट नेपालले निर्माण गरेको गीतमा लेखु सहयात्रीको शब्द संगीत, उदय राज पौडेलको एरेन्ज रहेको छ। सार्वजनिक भिडियोलाई दिन्सन शाहले कलर करेक्सन गरेका हुन्। पवन सुश्लिङ्गले खिचेको गीतको भिडियोको कन्सेप्ट तथा निर्देशन गम्भीर बिष्टले गरेका छन् । भिडियोमा सुरेन्द्र बसेलको सह-निर्देशन रहेको छ।