राजेश पायल र रचनाको दशैं गीतमा आमेश र दिपिका (भिडियो)



काठमाडौँ। हिन्दुहरुको महान चाड विजया दशमीको अवसर पारेर दशैं गीत सार्वजनिक हुने क्रम बढेको छ। यसै क्रममा गायक राजेश पायल राई र गायिका रचना रिमालको स्वरमा दशैं गीत भिडियो सहित सार्वजनिक गरिएको छ। ‘गरौँ रमाइलो’ बोलको गीतमा शब्द रचना बिष्णु भण्डारीको र संगीत बिशाल निरौलाको रहेको छ।

केहि दिन अघि मात्र गायक राजेश पायल राई र गायिका समिक्षा अधिकारीको स्वरमा रहेको दशैं गीत निर्देशन गरेर सार्वजनिक गरेका निर्देशक कृष्ण पौडेलले भिडियो निर्देशन गरेका हुन्। हिन्दुहरुको महान चाड दशैंको माहोलमा दशैं गीत सार्वजनिक गर्दा दर्शक श्रोतालाइ मनोरंजन संगै आफ्नो कला संस्कृतिको माया झनै बढ्ने निर्देशक पौडेलले बताए। लामो समय देखि परदेशमा बस्दै आएका बिष्णु भण्डारीले आफ्नो देश र चाड पर्वको सम्झनमा यो गीत निर्माण गरेको बताए।

आमेश भण्डारी र दिपिका थापा फिचर्ड भिडियोमा सुरेश काफ्लेको डिओपी,आरडी दुलालको छायांकन,बिष्णु खड्काको सम्पादन र कलर संयोजन रहेको छ। भिडियो साइराम पिक्चर्सको अफिसियल च्यानल मार्फत सार्वजनीक गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.