एनआरएनएनको महिला संयोजक पदमा गायिका देविका केसीको उम्मेदवारी



काठमाडौँ। चर्चित लोक तथा दोहोरी गायिका देविका केसीले गैरआवासीय नेपाली संघ (एनआरएनएनए) को महिला संयोजक पदमा उम्मेदवारी दिएकी छन् । विश्वभरि छरिएर रहेका महिलाहरूलाई एक सुत्रमा बाँध्दै एनआरएनएको अभियानमा जोडेर हरेक महिलालाई आइपर्ने सबै किसिमका समस्यामा आवश्यक सहयोगका लागि पिल्लर बनेर उभिने प्रतिबद्धतासहित उनले गैरआवासीय नेपाली संघ (एनआरएनए) को (२०२३–०२५) का लागि महिला संयोजक पदमा उम्मेदवारी दिएकी हुन् ।

दुई दशकभन्दा बढी समय नेपाली लोक तथा दोहोरी गीत क्षेत्रमा बिताएकी सर्जक तथा गायिका केसी सांगीतिक क्षेत्रमा चिर परिचित नाम हो । क्यानडालाई स्थायी बसोबास बनाउँदै आएकी केसी मौलिक लोक संस्कृति संस्कार सम्वर्द्धनको पर्यायवाची जस्तै मानिन्छन। थुप्रै गीतमा कोकिल कण्ठ आवाज दिएकी केसीले आफू नेपालदेखि विश्वका धेरैजसो देशमा सांगीतिक प्रस्तुतिका लागि पुग्दा नेपाली महिलाहरूका पीडा तथा अप्ठ्यारा नजिकबाट प्रत्यक्ष देखेको बताइन् ।

प्रवासको बसाइका क्रममा कतारमा रहँदा एनसीसी कतारको महिला उपाध्यक्ष हुँदै एनआरएनए आइसीसी सदस्य पदमा समेत रहेर काम गरेको अनुभवका आधारमा महिला संयोजक पदमा उम्मेदवारी दिएको उनले बताइन्।

‘नारी सशक्तीकरण हाम्रो अभियान, कला भाषा संस्कृति हाम्रो पहिचान’ भन्ने मूल नारा लिएर उम्मेदवारी घोषणा गर्नुभएकी केसीले आफ्ना पवित्र सपनाहरूलाई साकार बनाउन सबैको साथ, सहयोगको अपेक्षासहित अमूल्य सुझावको अपेक्षा पनि गरेको बताइन् ।

महाधिवेशनमा विश्वका ८० बढी देशबाट झण्डै ४२ सय एनआरएन प्रतिनिधिले ‘अनलाइन’ भोट हाल्दै छन् । सांस्कृतिक कार्यक्रमको सन्दर्भमा ५० भन्दा बढी देशमा पुगेर नेपालीको समुदायलाई भेटेका कारण पनि अहिले आफ्नो उम्मेदवारीप्रति धेरैको सदभाव र सहयोग पाएको केसीले बताइन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.