कुबेरको निर्देशनमा मेलिना र ताराको ‘कसरी’ (भिडियो)



काठमाडौं। गायिका मेलिना राई र गायक तारा तिवारीको नयाँ यूगल गीत ‘कसरी’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको गीतमा गायक तिवारीकै संगीत छ भने गोपाल रसाईलीको संगीत संयोजन तथा विश्वास लामाका शब्दहरु छन् ।

कुबेर तामाङको निर्देशनमा बनेको यो रोमान्टिक गीतको म्युजिक भिडियोमा गायक तिवारीसंगै सुनिता गुरुङलाई फिचर गरिएको छ । सुदिप राना मगर यो भिडियोका कोरियोग्राफर हुन्, जसलाई दिपकृष्ण डंगोल (दिप्सन) ले छायांकन गरेका छन् । विवेक सुनार यो भिडियोका सम्पादक हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.