जुनु र ध्रुबको रोमान्टिक गीत ‘तल तल’ को भिडियो सार्वजनिक



काठमाडौँ। गायिका जुनु गौतम र गायक ध्रुब बिस्कोको स्वरमा रहेको नयाँ रोमान्टिक गीत ‘तल तल’ को भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा शब्द तथा संगीत दुबै ध्रुवको रहेको छ ।

सार्वजनिक गीतको भिडियोमा अभिनेता तथा मोडल विनोद न्यौपाने र मोडल अनिषा न्यौपाने फिचर्ड छन् । न्यौपानेद्वयलाई निर्देशक प्रसन्न पौडेलले रोमान्टिक अबतारमा प्रस्तुत गरेका छन् । गीतका शब्दलाई न्याय गर्दै गायक गायिकाले उत्तिकै मिठासपूर्ण स्वर भरेका छन् ।

भिडियोमा कोरियोग्राफी प्रमोद के भण्डारीको छ भने सम्पादन तारा थापा ‘किम्भे’को रहँदा छायांकन निशान पौडेलले गरेका छन् । थुप्रै आधुनिक मेलोडियस गीतमा स्वर दिइसकेकी गायिका जुनुले एउटा फरक गीतमा आफुलाई प्रस्तुत गरेकी छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.