अर्जुन पोखरेलको ‘मनको धनी’ सार्वजनिक



काठमाडौँ। अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको नयाँ गीत ‘मनको धनी’ सार्वजनिक गरिएको छ । जात धर्म र धनले साँचो प्रेमलाई छेक्दैन, दुइ धर्म बिचमा भएको प्रेम पछी जन्मिएको बच्चाको सुन्दर कहाँनी समेटिएको गीतमा दुर्गा खरेल, सैराज खाती र अनुजा कडरियाको स्वर रहेको छ । गीतमाथि बनेको भिडियोमा जात र धर्मभन्दा मानवता ठूलो भन्ने विषयलाई प्रस्तुत गरिएको छ ।

सार्वजनिक भिडियोमा उमर खान, मेलिना पन्त, अभिलाषा सापकोटा र राजेन्द्र आचार्यको अभिनय रहेको छ । भिडियोको छायांकन नवराज उप्रेतीले गरेका हुन् भने सम्पादन विकास दाहालको रहेको छ । अर्जुन पोखरेल स्वयंले निर्देशन गरेको भिडियो डिभाइन म्युजिकको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.