प्रकाश र सुनिताले ल्याए गरिबको दशैं



काठमाडौं। दशैं नजिकिँदै छ, धमाधम दशैं गीत सार्वजनिक हुने क्रम बढ्दै छन् । यसै क्रममा निर्देशक निरेन श्रेष्ठले आफ्नो निर्देशनमा नयाँ लोक दोहोरी दशैं गीत ‘गरिबको दशैं…’ को भिडियो सार्वजनिक गरेका छन् । उनले यो गीतको भिडियो शुभसाईत म्युजिक युट्युव च्यानलबाट रिलिज गरेका छन् । यो दशैं गीतको भिडियोका निर्देशक निरेन श्रेष्ठले आर्थिक अभावका कारण दशैंमा एक दम्पत्तिले भोग्नु परेको पीडालाई भिडियोमा उतारेको बताएका छन् ।

यो गीतमा गायक प्रकाश पुरी र गायिका सुनिता दुलालले स्वरमा साथ दिएकी छिन् । प्रकाश र सुनिताको स्वरमा यो गीत निकै कर्णप्रिय बनेको छ । गीतमा गरिवहरुको दशैं कस्तो हुन्छ भन्ने व्याथा व्यक्त गरिएको छ । दशैं पर्व गरिबहरुका लागि दशा बन्ने गरेकोले सो पीडालाई यो गीतमा उतारेको गायक प्रकाश पुरीले बताएका छन् । गीतमा प्रकाशकै शब्द, रेशम थापाको थेगो तथा संगीत रहेको छ । गीतलाई आके मिलनले संगीत संयोजन, खड्ग बाजुरालीको मिक्सिङ र मास्टरिङ रहेको छ ।

सार्वजनिक गीतको भिडियोमा जुना गुरुङ, राजन पुरी, रमेश श्रेष्ठ, राज गिरी, अनुषा गिरी, शर्मिला श्रेष्ठ बलामी र देवकी गिरीको अभिनय रहेको छ । विष्णु खड्काले सम्पादन गरेको यो गीतको भिडियोमा राम केसीको छायाँकन रहेको छ ।