सुर रक्सको ‘केटो भाग्यमानी’ सार्वजनिक (भिडियो)



काठमाडौँ। गायक तथा संगीतकार सुर रक्सको स्वर, शब्द तथा संगीत रहेको गीत भिडियो सहित सार्वजनिक गरिएको छ। ‘केटो भाग्यमानी’ बोलको गीतको भिडियो लुम्बिनी प्रदेश बुटवलको एक सिनेमा हलमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो।

अभिषेक आले मगरको निर्देशनमा बनेको भिडियोको छायाँकन सन्तोष क्षेत्री र योगेश शाक्यले गरेका हुन्। भिडियोमा अभिषेक आले मगर,विजय सारु मगर,बिपना थापाको अभिनय रहेको छ। भिडियो सुर रक्स म्युजिक च्यानल मार्फत सार्वजनिक गरिएको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.