रचनाको स्वरमा ‘यो धोकेबाजको राज्य हो’ सार्वजनिक (भिडियो)



काठमाडौँ। गायिका रचना रिमालको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘यो धोकेबाजको राज्य हो’ बोलको गीतमा सुनील बिसिको शब्द तथा संगीत रहेको छ। स्याड गीतमा बिशाल निरौलाले संगीत संयोजन गरेका छन्। अर्जुन भुषालले निर्देशन गरेको भिडियोमा दिनेश कठायत,दिया गिरि,सौगात गौतम र आर्जू अधिकारीको अभिनय रहेको छ।

दिनेश पराजुलीले छायाँकन गरेको भिडियोको सम्पादन संजय अधिकारीले गरेका हुन्। भिडियो सुनील बिसिको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।