विवाह बन्धनमा बाँधिए गायक सुनील गिरी


काठमाडौं । लोकप्रिय गायक सुनिल गिरी वैवाहिक जीवनमा बाँधिएका छन् । उनले प्रेमिका अञ्जु आचार्यसँग जर्मनीमा कोट म्यारिज गरेका हुन् । उदयपुर कटारीकी अञ्जु पछिल्लो समय जर्मन बस्दै आएकी छन् । सुनील र अञ्जु विगत ९ वर्षदेखि प्रेममा रहेका थिए । सोही प्रेमलाई उनीहरुले विवाहमा परिणत गरेका हुन् ।

सुनीलले बिहीबार ‘भाग्यमानी’ बोलको आफ्नो नयाँ गीत समेत सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमा गीतसँगै आफुले अञ्जुसँग विवाह गरेको जानकारी समेत दिएका छन् । ‘भाग्यमानी’ बोलको सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘आंगालोमा हामी सम्झाउन मनछ । तिमी घरको इज्जत हो अब । खुसीले सीमा नाघेर आयो । लगनकोगाँठो बाधियो जब । ह्यापी म्यारिज लाइफ डियर वाइफ अञ्जु आचार्य ।’

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.