नेपथ्यले एक महिने लामो लाईभ कन्सर्ट गर्ने


काठमाडौं । नेपथ्य ब्याण्डले देशभर लाईभ कन्सर्ट गर्ने भएको छ। एक महिने लामो कन्सर्ट देशको बिभिन्न ठाउँमा हुने भएको छ । उक्त कन्सर्ट मंसिर २६ गतेबाट सुरु भएर पुस २६ गते समाप्त हुनेछ ।

नेपथ्यका गायक अमृत गुरुङका अनुसार उपत्यकाबाट बाहिरिन कलाकार, व्यवस्थापन तथा प्राविधिकहरूको टोली तयार अवस्थामा छन्। यसै साता सांगीतिक यात्रामा निस्कन तयार ब्याण्डको पहिलो प्रस्तुती मंसिर १६ गते बिराटनगरको हाटखोला मैदानमा हुनेछ। त्यसपछि ब्याण्ड वीरगंज प्रस्थान गर्नेछ।

मंसिर १९ गते वीरगंजको आदर्शनगर रंगशालामा, मंसिर २२ गते हेटौंडाको भूटनदेवी स्कुल मैदानमा, २५ मंसिर गते नारायणघाटको क्याम्पाचौरमा ब्याण्ड उपस्थित हुनेछ। मंसिर महिनाको अन्तिम कन्सर्ट भने नेपालगन्जमा २९ गते आयोजना गरिनेछ। ब्याण्डले पुस ३ गते धनगढीको रंगशालामा आफूलाई प्रस्तुत गर्नेछ। पुस ६ गते वीरेन्द्रनगर सुर्खेतको खुलामञ्चमा, पुस ९ गते बुटवलको रामनगर खेलमैदानमा, पुस १२ गते पोखरास्थित प्रदर्शनी केन्द्रमा प्रस्तुति दिनेछन्। यसरी देशका सम्पूर्ण प्रदेशहरू घुमिसकेपछि अन्तिममा ब्याण्ड काठमाडौं आइपुग्नेछ। काठमाडौंमा भने पुस १६ गते भृकुटीमण्डपमा ब्याण्ड प्रस्तुत हुनेछ।

यसपाला नेपथ्यले देश दौडाहाका क्रममा सांगीतिक मनोरञ्जनको योजना मात्र बोकेको छैन। अब मानवताको प्रवर्द्धनका लागि आफूलाई मञ्चहरूमा उभ्याउने अठोट बोकेको नेपथ्यले सडकमा रहेका असहायका निम्ति आश्रय थलो उभ्याउन कन्सर्टकै माध्यमबाट सहयोग समेत जुटाउनेछ।आफ्ना गीतहरूलाई ‘मानवता प्रवर्द्धन अभियान’ सँग जोड्नका लागि नेपथ्यले मुलुकभर फैलिएको सामाजिक संस्था ‘मानव सेवा आश्रम’सँग हातेमालो गरेको छ। मानव सेवा आश्रमका संस्थापक तथा अध्यक्ष रामजी अधिकारीका अनुसार यी कन्सर्टहरूको टिकट मानव सेवा आश्रमको आधिकारिक वेबसाइट एमएसए डट ओआरजी डट एनपीु मार्फत काट्न सकिन्छ। त्यसैगरी नेपथ्य ब्याण्डको वेबसाइटबाट पनि टिकट उपलब्ध गराइएको छ।

नेपथ्यको यो भ्रमणलाई ‘नेपालय’ले व्यवस्थापन गर्न लागेको हो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.