उत्कृष्ट प्रस्तुति दिएर ‘द भ्वाइस अमेरिका’ को शीर्ष १३ मा प्रवेश गर्न सफल भईन परिजिता बाँस्तोला


काठमाडौं । नेपाली मूलकी १७ वर्षिया परिजिता बाँस्तोला अमेरिकी द भ्वाइसको २२ औ संस्करणको अर्को चरणमा प्रवेश गर्न सफल भएकी छिन् । कोच जोन लिजेन्डको तर्फबाट उनले लेडी गागाको ‘आई विल नेभर लभ अगेन’ बोलको गीत गाएर शीर्ष १३ मा प्रवेश गर्न सफल भएकी हुन् । उनको गीत सुनेर चारै जना कोचले उत्कृष्ट प्रस्तुति दिएको भन्दै तारिफ गरे ।

गत नोभेम्बर १४ सोमबारका दिन भएको प्रस्तुतिसँगै मतदान सुरु भएको थियो । अमेरिका, नेपाल लगायत विश्वभरि छरिएर रहेका नेपाली समुदायले परिजितालाई समर्थन गर्दै मतदान गरेका थिए । द भ्वाइसका निर्णायक र प्रशिक्षकहरुको छनौट र रोजाइको कारण परिजिता शीर्ष १६ मा पुग्न सफल भएता पनि १३ औ स्थानमा पुग्न केवल जनताको मतदानबाट मात्र सम्भव भएको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.