र्‍यापर लाउरेले कांग्रेस उम्मेदवारलाई भोट माग्दै पोष्ट गरे भिडियो सन्देश


काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन आउन अब १२ दिन बाँकी रहेको छ। मतदान गर्ने मतादाताहरु आतुर छन्। त्यस्तै केही सेलिब्रिटी दलमा आवद्ध छन् त केही कलाकारहरु उम्मेदवारको पक्षमा खुल्न थालेका छन्। सेलिब्रिटीहरु खुलेरै ती उम्मेदवारको पक्षमा भोट माग्नेदेखि सामाजिक सञ्जालमा आफूले उनीहरुलाई भोट हाल्ने पनि गर्न थालेका छन्।

नेपाली चरर्चित र्‍यापर आशिष राना ‘लाउरे’ गण्डकी प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार बिन्दुुकमार थापाको पक्षमा खुलेर सामाजिक सञ्जालमा भोटमाग्ने र हाल्ने बताएका छन् । थापा गण्डकीका बहालवाला मन्त्री समेत हुन्। आफ्नो आधिकारिक फेसबुक पेजमा भिडियो सन्देश जारी गर्दै लाउरेले संविधानले दिएको उम्मेदवार छनोट गर्ने आफ्नो अधिकारलाई ख्यालमा राख्दै आफूले थापालाई भोट दिने निधो गरेको उल्लेख गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गनुहोस्
https://www.facebook.com/Laure.official/videos/506479268047418