अभिनेत्री रम्भाको कार दुर्घटना



एजेन्सी। बलिउड अभिनेत्री रम्भाको कार दुर्घटना भएको छ । कारमा उनीसहित छोराछोरी र हजुरआमा रहेकी थिइन् । दुर्घटनाबाट कारमा ठूलो क्षति भएपनि अन्यलाई गम्भीर चोटपटक लागेको छैन । तर, रम्भाकी छोरी साशालाई भने अस्पताल भर्ना गरिएको छ ।

अभिनेत्री रम्भाले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै दुर्घटनाको जानकारी दिएकी हुन् । जसमा उनले आफ्नो छोरीको स्वास्थ्य लाभका लागि प्रार्थना गर्न समेत अनुरोध गरेकी छन् । रम्भाको वास्तविक नाम विजयलक्ष्मी हो ।

उनले दक्षिण भारतीय र बलिउड गरेर १०० भन्दा बढी फिल्म अभिनय गरेकी छन् । चिरञ्जीवी, रजनीकान्त, सलमान खान, अनिल कपूर, अक्षयकुमार, अजय देवगन, सुनील शेट्टी, कमल हासन, गोविन्दा लगायत लोकप्रिय कलाकारसँग उनले फिल्म खेलेकी छन् ।