बलिउडकी ड्रीमगर्ल हेमा मालिनी आमाका लागि बनिन् अभिनेत्री, धर्मेन्द्र सँग यसरि भयो विवाह



एजेन्सी । बलिउडकी ड्रीमगर्ल हेमा मालिनी उनले एक सयभन्दा बढी फिल्ममा अभिनय गरिसकेकी छिन् । तर रोचक कुरा हेमा मालिनी कहिल्यै पनि अभिनेत्री बन्न चाहँदिनन् थिइन् । आमा जयलक्ष्मीको सपना साकार पार्न उनले फिल्मी संसारको बाटो अपनाइन् ।

बुबा बीसीआर चक्रवर्ती चेन्नईमा सरुवा भएपछि हेमाले नृत्य सिकेकी थिइन् । १० कक्षासम्म पढेपछि हेमाको अधिकांश समय नृत्यमै बितेको थियो । आमाको खुशीका लागि उनले आफूलाई फिल्मका लागि तयार गरेकी थिइन् ।

आज तीनै हेमा मालिनी फिल्मी जगतको एक प्रतिष्ठित नाम हो । हेमा मालिनीको ड्रीम गर्लको रूपमा उदाइन, धर्मेन्द्रसँग विवाह गरिन् । प्रकाश कौरसँग विवाह गरेका धर्मेन्द्रलाई हेमाले स्वीकार गरिन् ।

हेमा मालिनीलाई धर्मेन्द्र बाहेक जितेन्द्र र संजीव कुमार पनि मन पाउँथे साथै विवाह गर्न चाहन्थे। सो समय जितेन्द्र र हेमा मालिनीले विवाह गर्ने निर्णय लिएको र उनीहरू चेन्नई पुगेको खबरहरू फैलिएका थिए ।

जितेन्द्रको वर्तमान पत्नी शोभासँग पनि रोमान्स चलिरहेको थियो । यो थाहा पाएसँगै धर्मेन्द्रले शोभालाई लिएर मद्रास पुगेका थिए । त्यहाँ जितेन्द्र र हेमा मालिनी अघि शोभाले हङ्गामा मचाइन् जसकारण जितेन्द्र र हेमाको विवाह हुन सकेन । पछि धर्मेन्द्रले हेमामालिनीसँग विवाह गरे । दोस्रो विवाहको लागि, धर्मेन्द्र र हेमा धर्म परिवर्तन गरेर इस्लाम अपनाए त्यसपछि सदाको लागि एक भए।

सन् १९८० मा हेमा मालिनीको धर्मेन्द्रसँग विवाह तनावका बिच भएको थियो । धर्मेन्द्रले हेमासँग विवाह आफ्नो जेठी श्रीमती प्रकाश कौरकी छोरीको विवाह भइसकेपछि गरेका थिए । सो समय जेठा छोरा सनी देवल बलिउडमा पाइला राख्ने तयारीमा थिए ।

हेमा मालिनी र धर्मेन्द्र दुवैका परिवार यस विवाहको विरुद्धमा थिए । सनी देवल त पिताको यो कदमलाई लिएर निकै दुखि बने । तर धर्मेन्द्रले अन्ततः विवाह गरेरै छाडे । हेमा मालिनी र धर्मेन्द्रका दुई छोरी छन्।

देवल परिवारमा प्रकाश कौर र हेमा मालिनी बिचको सम्बन्ध त चिसिने नै भयो । साथै जेठीका छोराहरू सनी, बबी देवल र हेमा मालिनीका छोरीहरू इशा, अहानाबीचको सम्बन्ध पनि असामान्य बन्यो । हेमा हाल भारतीय जनता पार्टीको तर्फबाट नेतृ हुन् ।