अल्लु अर्जुनले सुरु गरे ‘पुष्पा २’ को छायांकन



एजेन्सी। अभिनेता अल्लु अर्जुनको सुपर हिट फिल्म ‘पुष्पा द राइज’ को सिक्वेल ‘पुष्पा द रुल’ को छायांकन सुरु गरिएको छ । फिल्मको छायांकनलाई लिएर विगत केही समयदेखि विभिन्न अड्कलबाजी चलिरहेको थियो । अहिले आएर फिल्मको छायांकन सुरु भएको छ ।

निर्देशक सुकुमारले फिल्म ‘पुष्पा द रुल’ का लागि अल्लु अर्जुनको लुक खिच्दै फिल्मको छायांकन सुरु गरेका हुन् । जसको तस्बिर समेत सामाजिक सञ्जालबाट बाहिरिएका छन् । फिल्मको छायांकार मिरोस्ला कुबा ब्रोजेक रहेका छन् । जसले फिल्मको अघिल्लो सिक्वेल ‘पुष्पा द राइज’ पनि छायांकन गरेका थिए ।

अल्लु अर्जुन र रश्मिका मन्डन्ना स्टारर ‘पुष्प द राइज’को सफलतामा अल्लु अर्जुनका हिन्दी भाषी फ्यानहरूले ठूलो भूमिका खेलेका थिए । जसले स्याटेलाइट च्यानलहरू र युट्युब च्यानलहरूमा उनका तेलुगु फिल्महरूको हिन्दी डब संस्करणहरू हेरिरहेका थिए ।

अल्लु अर्जुन ‘पुष्प द राइज’ को प्रि–प्रोडक्सनदेखि रिलिजपछिको प्रचार प्रसारमा सक्रिय थिए । यो पटक पनि उनी ‘पुष्पा द रुल’ निर्माणमा हरेक तहको चासो लिएका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.