‘भेडिया’ को पहिलो गीतमा वरुण धवन र कृति सेननको ठुम्का



एजेन्सी। बलिउड प्रतिक्षित फिल्म ‘भेडिया’को पहिलो गीत ‘ठुमकेश्वरी’ सार्वजनिक गरिएको छ । शुक्रबार मुम्बईमा गीत सार्वजनिक गरिएको हो । फिल्मका अभिनेता अभिषेक बनर्जीले फिल्मको गीतलाई आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा फ्यानहरूसँग सेयर गर्दै यो वर्षकै सबैभन्दा ठूलो गीत भनेका छन् । यस गीतमा वरुण धवन फिल्मकी मुख्य अभिनेत्री कृति सेननसँग नाच्दै देखिएका छन् ।

‘भेडिया’लाई भारतको पहिलो क्रिकेट कमेडी फिल्म भनिन्छ । हालै फिल्मको ट्रेलर रिलिज भएको थियो जसमा वरुण ब्वाँसोको भूमिकामा देखिएका थिए । ट्रेलरलाई दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् । अमर कौशिकको निर्देशनमा बनेको यस फिल्ममा अभिषेक बनर्जी, दीपक डोबरियालका अलावा वरुण धवन र कृति सेननको पनि अभिनय रहेको छ । फिल्म नोभेम्बर २५ मा हलमा रिलिज हुँदैछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.