४७ वर्षपछि ‘उचाइ’ मार्फत सारिकाको कमव्याक



एजेन्सी । राजश्री प्रोडक्सनको प्रतीक्षित फिल्म ‘उचाइ’ रिलिज मिति नजिकिँदै गएपछि निर्माण पक्षले फिल्मका नयाँ पोस्टर सार्वजनिक गरिरहेका छन् । अमिताभ बच्चन, अनुपम खेर, बोमन ईरानी र परिणिती चोपडा स्टारर यो फिल्मले दोस्तीको कथा बोल्छ ।

फिल्म युनिटले हालैमात्र अभिनेत्री सारिका फिचर्ड पोस्टर सार्वजनिक गरेको छ । राजश्रीसँग सारिकाको यो दोस्रो सहकार्य हो । सन् १९७५ मा हिट फिल्म गीत ‘गाता चल’ मा राजश्रीसँग सहकार्य गरेकी थिइन् ।

सार्वजनिक पोस्टरमा सारिकालाई ट्रेकिङ ब्याग बोकेर हिँउको पहाडमा ट्रेक गरिरहेको देख्न सकिन्छ । यो फिल्मका अधिकांश दृश्य नेपालको हिमाली भेगमा खिचिएकाले सारिकालाई पनि सोही स्थानमा देख्न सकिन्छ ।

यो राजश्रीको ६० औं फिल्म हो । सुरज आर बडजात्याद्वारा निर्देशित यो उनको महत्वाकांक्षी प्रोजेक्ट हो । फिल्म पोस्ट प्रोडक्सनको अन्तिम चरणमा छ । फिल्म आगामी नोभेम्बर ११ मा रिलिज हुनेछ ।