शाहरुखलाई हलिउड फिल्ममा हेर्ने फ्यानको सपना अधुरै रहेको त्यो पल



एजेन्सी। पछिल्लो समय बलिउडबाट हलिउडमा गएर काम गर्ने सेलिब्रेटी धेरैछन् । इरफान खान, दीपिका पादुकोण, प्रियंका चोपडा लगायतले हलिउड फिल्ममा काम गरिसकेका छन् भने अनिल कपूर पनि ‘मिसन इम्पोसिबल’सिरिजमा देखिएका थिए । शाहरुखले हलिउडमा ट्राइ गरेका थिए । उनले गोप्य रुपमै सन् २०११ मा हलिउड फिल्म ‘एक्सट्रिम सिटी’ छायाँकन गरिरहेका थिए ।

उनी फिल्ममा मुख्य भूमिकामा त थिएनन् तर महत्वपूर्ण रोलमा थिए । उनी फ्यानलाई फिल्मको टिजर सार्वजनिक हुँदा सरप्राइज दिन चाहन्थे । मार्टिन स्कोर्सेसेको निर्देशनमा तयार भइरहेको फिल्ममा लियोनार्डो डिकार्पियो पनि थिए । फिल्मको छायाँकन ३० प्रतिशत भइसकेको थियो तर फिल्म निर्माण कम्पनी समस्यामा परेपछि सुटिङ नै रोकियो । सुटिङ पुरा हुन् सकेन र शाहरुखलाई हलिउड फिल्ममा हेर्ने फ्यानको सपना अधुरै रह्यो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.