राम बन्न डराएका थिए प्रभास



एजेन्सी । अभिनेता प्रभासको फिल्म ‘आदिपुरुष’ को ट्रेलर हालै सार्वजनिक भएको छ । यो फिल्ममा प्रभासले राम चरित्र निर्वाह गरेका छन् । उनले फिल्मका लागि उनले निकै मेहनत गरेका छन् ।

प्रभासले आफूले रामको चरित्र निभाइरहँदा धेरै डराएको बताएका छन् । ‘म प्रभु रामको भूमिका निर्वाह गर्दा निकै डराएको थिएँ । तीन दिनपछि मैले ओम राउतलाई फोन गरेर यदि मबाट केही गल्ती भयो भने, धेरै माया, सम्मान र डरसँगै हामीले यो फिल्म पुरा गर्यौ । यो सबै काम भगवान रामको कृपाले नै सम्भव भयो’, उनले भनेका छन् ।

फिल्ममा प्रभासको अपोजिटमा कृति सेननले अभिनय गरेकी छन् । फिल्म आगामी वर्षको १२ जनवरीमा रिलिज हुँदैछ । फिल्मले भगवान रामको गाथा बोल्नेछ । टिजर सार्वजनिक भएपछि फ्यानहरुले फिल्म बहिस्कारको माग गरिरहेका छन् । उनीहरुले फिल्ममा रावण बनेका सैफ अली खानको लुक्स देखेर निराश बनेको प्रतिक्रिया दिएका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.