रणवीर कपुर विद्या बालन उत्कृस्ट नायक नायिका


sahrukh-khan

गत वर्षको अन्त्यमा आएको ३० करोड भारुको फिल्म ‘बर्फी’ ले बक्सअफिसमा एक सय ७५ करोडको कमाइ त गर्‍यो नै,क्रिटिक्सको नजरमा पनि अब्बल ठहरियो।थुप्रै अवार्ड कार्यक्रममा यसैले वर्चस्व राख्यो । यस वर्ष ओस्कारमा पनि रणवीर कपुरकै फिल्मले प्रतिनिधित्व गर्‍यो। पुरस्कृत हुने ‘बर्फी’ को सिलसिला अझै जारी छ। आइफा अवार्डको प्राविधिक विधातर्फ पनि अनुराग वसु निर्देशित फिल्म अब्बल देखिएको छ । यसले पूरा १४ अवार्डमध्ये नौवटालाई आफ्नो नाममा दर्ता गरायो। मकाउमा तीन दिनसम्म चल्ने उक्त अवार्डमा पपुलर, म्युजिकल र टेक्निकल गरी तीनै विधामा अवार्ड दिने गरिन्छ।
bidhya balan

  • उत्कृष्ट चलचित्र : बर्फी
  • उत्कृष्ट नायक : रणवीर कपुर
  • उत्कृष्ट नायिका : विद्या बालन
  • उत्कृष्ट निर्देशक : अनुराग वासु
  • उत्कृष्ट सहअभिनेता : अनु कपुर
  • उत्कृष्ट सहअभिनेत्री : अनुष्का शर्मा
  • उत्कृष्ट नव नायिका : यमी गौतम
  • उत्कृष्ट नव नायक : आयुष्मान खुराना
  • उत्कृष्ट हाँस्य कलाकार : अभिषेक बच्चन
  • उत्कृष्ट खलपात्र : ऋषि कपुर
  • स्टार जोडी अफ द इयर : दीपिका पादुकोण र रणवीर कपुर
  • उत्कृष्ट नव निर्देशक : गौरी सिन्दे
  • उत्कृष्ट संगीतकार : प्रितम
  • उत्कृष्ट गीतकार : अमिताभ भट्टचार्य
  • उत्कृष्ट पाश्र्व गायिका : श्रेया घोषाल
  • उत्कृष्ट पाश्र्व गायक : सोनु निगम
  • स्पेशल अवार्ड
  • आइफा फरेभर : यश चोपडा
  • इन्डियन इन्टरनेशनल सिनेमा आउटस्ट्याण्डिङ एचिभमेन्ट : अनुपम खेर
  • आउटस्ट्याण्डिङ कन्टि्रब्यूसन टू इण्डियन सिनेमा : जावेद अक्तर
  • ह्यूम्यानिटी अवार्ड : सवनव अज्मी
  • डिजिटल स्टार अफ द इयर : साहरुख खान