थानेश्वर र शान्तीश्रीको स्वरमा ‘एउटा कथा’ सार्वजनिक



काठमाडौं । गायक थानेश्वर गौतम र गायिका शान्तीश्री परियारको स्वरमा ‘एउटा कथा’ बोलको गीत सार्वजनिक गरिएको छ । डेढ वर्षअघि सार्वजनिक हिट गीत ‘छुट्नलाई पो रैछ क्यारे’को अध्याय २ को रुपमा सांगीतिक प्रेमकथा ‘एउटा कथा’ सार्वजनिक गरिएको हो ।

प्रभा बर्तौलाको शब्द, थानेश्वर गौतमको संगीत रहेको गीतलाई कमल सौरागले एरेन्ज गरेका छन् भने मिक्सिङ श्यामश्वेत रसाइलीले गरेका हुन् । रामजी लामिछानेको निर्देशनमा तयार भिडियोमा अभिनेता पुष्प खड्का, अभिनेत्री रुबिना थापा र मोडल सुधिर श्रेष्ठको अभिनय हेर्न सकिन्छ ।

गीतको अडियो र भिडियो दुबै मर्मस्पर्शी लाग्छ ।

मानकृष्ण महर्जनको छायाँकन रहेको भिडियोलाई बन्दे प्रसादले सम्पादन गरेका हुन् । कृष्ण केसी प्रस्तुतकर्ता रहेको गीत ‘जननी नेपाल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतले युट्युबमा राम्रो भ्युज पाउँदै गएको छ । गीतमा आएको प्रतिक्रिया शतप्रतिशत सकारात्मक छन् । श्रोता दर्शकको प्रतिक्रियाले निर्माण टिम पनि उत्साहित छ ।