रानीको ‘म डुब्दै गएँ’मा आकाश र गीता [भिडियो]



काठमाडौं । अभिनेता आकाश श्रेष्ठ र मोडल गीता ढुंगानाको अभिनय रहेको ‘म डुब्दै गएँ’ गीतको भिडियो सार्वजनिक गरिएको छ । यस गीतमा रानी शाक्य र गायक बलबहादुर राजवंशीको स्वर छ ।

हरि उप्रेतीको शब्द रहेको गीतमा विकास चौधरीको संगीत र एरेञ्ज छ । गीतमा गोविन्द सोनीको मिक्सिङ तथा मास्टरिङ छ । प्रहिल कार्कीको निर्देशन रहेको भिडियोमा आकाश र गीतासँगै बालकृष्ण निरौला फिचर्ड छन् । सुनिल श्रेष्ठ प्रोडक्सन म्यानेजर रहेको भिडियोमा उत्तम हुमागाईंको छायांकन, माधव बेलबासीको सम्पादन र कलर छ । भिडियो गायिका रानीकै ‘रानी शाक्य’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

एक प्रेमिल जोडीको मनोभावलाई गीतमा प्रस्तुत गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.