‘छोडी हिंडे म’ सार्वजनिक



काठमाडौं । युवा गायक प्रशान्त श्रेष्ठले नयाँ गीत सार्वजनिक गरेका छन् । उनको शब्द, संगीत र स्वरमा सजिएको ‘छोडी हिंडे म’ बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको हो ।

कयौँ नेपालीहरुको सपना सपनै रहन्छ भन्ने सन्देश रहेको भिडियोलाई जिवेश गुरुङले निर्देशन गरेका छन् । भिडियोमा उनलाई रश्मिला तामाङ, लक्ष्मी नाथ मौद्गल्य, चन्द्रिका राजले साथ दिएका छन् । उत्तम हुमागाईँको छायाँकन रहेको भिडियो अनिल कुमार महर्जनले सम्पादन गरेका हुन् ।

भिडियोलाई गायक प्रशान्तले आफ्नै ‘प्रशान्त श्रेष्ठ’ अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.