मुकेश र पूजा गुप्ताले दिएको चुम्बन दृश्य सर्टकट


short-cut-romiyo
बलिउड फिल्म  सर्टकट रोमियोमा नायक निल नितीन मुकेश र पूजा गुप्ताले दिएको एक चुम्बन दृश्य भारतीय सेन्सर बोर्डले काटिदिएको छ।प्रदर्शनमा आउन लागेको फिल्मको चुम्बन दृश्यमाथि  कैंची चलाएर बोर्डले युए सर्टिफिकेट दिएको छ। फिल्ममा रहेका चुम्बन दृश्यमध्ये ५० प्रतिशत काटिएको एजेन्सीले जनाएको छ। बलिउडमा निर्माताका रूपमा डेब्यु गर्न लागेका फिल्म निर्माता सुसी गणेशनको यो पहिलो फिल्म हो।
निर्माता गणेशनले पनि यस कुराको पुष्टि गर्दै भनेका छन्– ‘फिल्मका दृश्य काटिनुका साथै यस फिल्मले युए सर्टिफिकेट पाएको छ। यो एक गहन सन्देश बोकेको फिल्म हो। सेन्सरको कैंची चलेपछि यसमा रहेका निल र पूजाको चुम्बन दृश्यलाई ५० प्रतिशतले कम गरिएको छ।’ उनले भनेका छन्– ‘बलिउडमा चुम्बन दृश्य सामान्य हो। यस फिल्मको सिलसिलाअनुसार उक्त दृश्य आवश्यक थियो।’

Copyright © 2012 - 2026 | All Right Reserved.