विमलराजले ल्याए रोईला गीत ‘लप्टन बाउको छोरी’



काठमाडौं । गायक विमलराज पौडेलले ‘लप्टन बाउको छोरी’बोलको गीत सार्वजनिक गरेका छन् । यो रोइला गीत हो । थुप्रै चर्चित गीत सिर्जना गरेका साजन पराजुलीको शब्द रचना र केशव सापकोटाको संगीत रहेको गीतमा विमलराज पौडेल र रेजिना परियारले स्वर दिएकी छिन् ।

गीतको भिडियोमा उदियमान कलाकार निर्मल क्षेत्री र दिव्या न्यौपानेको अभिनय रहेको छ । दीलिप रेग्मीको निर्देशन रहेको भिडियोलाई राम केसीले छायाँकन, अमृत चापागाईँले सम्पादन गरेका हुन् ।

गायक विमलराजकै ‘विमलराज पौडेल’ युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.