शिवले ल्याए ‘तिमी बिना…’, गीतमा बिक्रम र सुनिताको स्वर



काठमाडौं । गायक बिक्रम परियार र गायिका सुनिता बुढा क्षेत्रीको आवाजमा लोक दोहोरी गीत ‘तिमी बिना हाँसेर हिड्न’ सार्वजनिक भएको छ । केही दिनअघि सार्वजनिक गीतले स्रोता एवं दर्शकबाट राम्रो प्रतिक्रिया पाईरहेको छ । यो गीतमा डा. शिव सुबेदीको शब्द तथा संगीत रहेको छ । २०६५ सालमा सार्वजनिक ‘घामजस्तो चम्किलो जुन हुदैन’ गीत पछि शिवका प्रायः गीत लोकप्रिय बनेका छन् ।

बिनोद भण्डारीको निर्देशनमा बनेको यस गीतको भिडियोमा अनिल पौडेल र जुना गुरुङको अभिनय रहेको छ । गीतमा दुई वर्गका युवा–युवतीबीचको प्रेम, समाज र परिवारले गर्ने व्यवहार इत्यादीलाई समेटिएको छ ।बाग्लुङ्ग जिल्लाको सुन्दर गाउँ निसिखोला गाउँपालिकामा छायांकन गरिएको भिडियोले गाउँघरको कथा देखाउँछ । नवराज उप्रेतीले छायांकन गरेको यस भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका छन् ।

बिनोद बाजुरालीले गीतको एरेन्ज गरेका छन् । शिव सुबेदीको युट्युब च्यानल ‘शिव सुबेदी’मार्फत गीत सार्वजनिक गरिएको हो ।