पल शाह अभिनित ‘प्लिज नभन है हुन्न’ युट्युब ट्रेन्डिङमा



काठमाडौं । अभिनेता पल शाह अभिनित पछिल्लो गीत युट्युब ट्रेन्डिङमा प्रवेश गरेको छ ।

टीका प्रसाईँ र युवराज मगरको स्वर एवं पल शाह र शुभेक्षा मगर भारतीको अभिनय रहेको गीत ‘प्लिज नभन है हुन्न’ युट्युब ट्रेन्डिङमा उक्लिएको हो ।

यो गीत अहिले युट्युब ट्रेन्डिङको २७ औं नम्बरमा छ । नयाँ वर्ष २०७९ को अवसर पारेर यो गीत सार्वजनिक गरिएको थियो । एकनारायण भण्डारीको शब्द, गायक युवराजकै संगीत रहेको गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका छन् ।

डान्सिङ विटको गीतलाई गायक युवराज स्वयंमले निर्देशन गरेका हुन् । भिडियोमा गाउँको युवा र सहरकी युवतीबीचको कथालाई प्रस्तुत गरिएको छ । मोर्डनपन र मौलिकपन दुवैलाई प्रस्तुत गरिएको गीतले अहिलेसम्म झण्डै १ लाख भ्युज पाईसकेको छ । गीत र भिडियोलाई अधिकांशले राम्रो प्रतिक्रिया दिएका छन् । ज्ञानेन्द्र शर्मा हुमागाईँको छायांकन, सन्तोष राजबहाकको कोरियोग्राफी रहेको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.