‘मुटु चिरेर’मा अर्जुन र गीता


लोकप्रिय गायक प्रमोद खरेलको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । विशाल निरौलाको शब्द एवं संगीत र प्रमोदको स्वर रहेको ‘मुटु चिरेर’बोलको सेन्टिमेन्टल गीत मंगलबार सार्वजनिक गरिएको हो ।

सुरेन्द्र बसेलको निर्देशनमा तयार गीतको भिडियोमा मोडलद्धय अर्जुन न्यौपाने र गीता ढुंगानाको अभिनय रहेको छ । अर्जुनले यसअघि केही म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् भने गीता म्युजिक भिडियोकी सर्वाधिक ब्यस्तमध्येकी मोडल हुन् । यस भिडियोमा अर्जुन र गीताको केमेष्ट्री सुहाएको देखिन्छ । अर्जुन भिडियोमा निकै मेहनत गरेको बताउँदै भिडियोलाई दर्शकले रुचाउनेमा पनि आशावादी रहेको बताउँछन् ।

दिनेश पराजुलीको छायाँकन, नविन निरौलाको छायाँकन रहेको भिडियो ‘विशाल निरौला’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

हेर्नुहोस् भिडियो :

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.