रचनाले ल्याइन् ‘उड्ने रहर’


गीतको भिडियोको दृश्यमा गायिका रचना

काठमाडौं, माघ ९ । पछिल्लो पुस्ताकी लोकप्रिय गायिका रचना रिमालले नयाँ गीत सार्वजनिक गरेकी छन् । उनले ‘उड्ने रहर’बोलको गीत आफ्नै ‘रचना रिमाल’ युट्युब च्यानलमार्फत शुक्रबार सार्वजनिक गरेकी हुन् ।

किरण पल्पसाको शब्द, नगेन्द्र श्रेष्ठको संगीत, राहुल प्रधानको एरेन्ज रहेको गीतमा रचनाको एकल गायन छ । गायिका रचना स्वयं फिचरिङ भिडियोमा मिराज अर्यालको छायांकन, निर्देशन एवं सम्पादन छ । शुक्रबार सार्वजनिक गीतको भिडियोलाई आईतबारसम्म युट्युबमा ७३ हजार बढीले हेरिसकेका छन् ।

गीत सुन्ने र भिडियो हेर्ने अधिकांशले राम्रो प्रतिक्रिया दिएका छन् । रचनाले यसअघि आफ्नो युट्युब च्यानलमार्फत ‘हारले निखार ल्याउँछ मेरो जिन्दगी’ बोलको गीत सार्वजनिक गरेकी थिइन् । सो गीत ल्याएको केही अन्तरमा उनले ‘उड्ने रहर’ बोलको गीत ल्याएकी हुन् ।

रचनाका स्वर रहेका अन्य गीतहरु भने सार्वजनिक भईरहेका छन् ।

भिडियो :

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.